आज केही ठाउँमा पानी पर्न सक्ने

रिपोर्ट नेपाल | 2019 May 19 | 03:24 pm 1598

काठमाडौं, जेठ ५ : आज देशको पश्चिमी क्षेत्रको मौसम बिहानैदेखि बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको असरले देशभरीको मौसम बिहानैदेखि बदली भई केही ठाउँमा पानी पर्न सक्ने मौसमविद्हरु बताउँछन् । उनीहरुका अनुसार आज पश्चिमको मौसम खुल्ने संभावना कम छ ।

यस्तै अहिले सफा रहेको काठमाडौं उपत्यकासहित मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम पनि दिउँसोपछि बदली भई बेलुकीतिर मेघ गर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.