पूर्वराजा ज्ञानेन्द्र बैंकक प्रस्थान

रिपोर्ट नेपाल | 2019 May 19 | 01:58 pm 1948

काठमाडौं, जेठ ५: पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार बैंकक प्रस्थान गरेका छन् । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार पूर्व राजा थाई एयरबाट अपरान्ह साढे एक बजे त्यस तर्फ प्रस्थान गरेका हुन ।

निजि भ्रमणको सिसिलामा थाइल्याण्ड प्रस्थान गरेका शाहले आफ्नी नातिनी पूर्णीकाको दिक्षान्त समारोहमा समेत सरिक हुने भएका छन् । फूकेटमा आयोजित दिक्षान्त समारोहमा सरिक भएपछि पूर्वराजा कहिले स्वदेश फर्किने भन्ने विषयमा कुनै टुङ्गो नलागेको फणिराज पाठकले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.