किन परे मालपोतका आधा दर्जन कर्मचारी जेल !

| 2019 May 19 | 06:44 am 2444

बर्दिया, जेठ ५:  जिल्ला मालपोत कार्यालय बर्दियामा आवश्यकता भन्दा ज्यादैकम कर्मचारी हुँदा सेवाग्रहीहरु मर्कामा परेका छन् । भूमि सुधार तथा मालपोत कार्यालयमा ४१ जनाको दरबन्दी रहेता पनि श्रेणी बिहीन कर्मचारी बाहेक मालपोत तर्फ ८ जना र भूमिसुधार तर्फ ६ जना मात्र कर्मचारी हाल कार्यरत छन् ।

कार्यालयमा १ जना उपसचिव स्तरको कार्यालय प्रमुख र ३ जना शाखा अधिकृत रहने ठाँउमा हाल कार्यालय प्रमुखको समेत जिम्मेवारी पाएका एक जना मात्र शाखा अधिकृत रहेका छन् ।

प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली काठमान्डौ तालिममा भएको अवस्थामा बाँके जिल्ला प्रहरी कार्यालयमा परेको कर्तब्य ज्यान मुद्दामा अनुसन्धान हुने क्रममा पक्राउ परेका बाँके लगाएत मालपोत कार्यालय बर्दियाका मालपोत अधिकृत रामकुमार रोका, नासु कृष्णलाल शर्मा खरिदार भूमिराज पोखरेल कारागार चलान भएका छन् । भने प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवाली फरार रहेको प्रहरीले जनाएको छ ।

मृतक मुजिबुल हसन अन्सारीका पत्नी हसरततुन निसा अंसारीले दिएको जानकारी अनुसार प्रहरीले अनुसन्धन गर्दा बर्दिया जिल्ला साबिक नेउलापुर गाविस वडा नम्बर ७ क अन्तर्गत रगत पर्ने कट्टा नम्बर १९१ र नेउलापुर ९ ख को केही कित्ता जग्गा नामसारी गरेको कार्य कर्ते भएको आरोपमा ती कर्मचारीहरु कारर्वाहीमा परेका हुन् ।

प्रहरीले अनुसन्धान गरी अदालतमा मुद्दा पेश हुदा बाँके जिल्ला अदालतबाट बाँके जिल्ला अदालतले १९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको र १२ जना फरहार रहेको कुरा प्रहरीद्धारा बैशाख १३ गतेको प्रेस नोटमा जनाएको छ । आजको नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.