दुई बस ठोक्किँदा एकको मृत्यु, ३० घाइते

रिपोर्ट नेपाल | 2019 May 18 | 10:28 am 1686

हेटाैंडा, जेठ ४ :  हेटौंडा नगरपालिकाको ३ लेवटमा दुईवटा बस आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको भने ३० जना घाइते छन् ।

काठमाडौंबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नम्बरको बस र पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको बस आपसमा ठोकिएका हुन। ठक्करबाट घाइते भएका ना ७ ख २०५७ नम्बर बसका चालक मानबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा दुवै बसका यात्रु घाइते भएका छन्। घाइते मध्येतीनजना चितवन रिफर गरिएको छ। २७ जनाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.