काठमाडौंमा भूकम्प धक्का महशुस

रिपोर्ट नेपाल | 2019 May 17 | 02:39 pm 1611

काठमाडौं, जेठ ३ : आज शुक्रबार धादिङ, काठमाडौं लगायतको केहि जिल्लाहरुमा भूकम्पको धक्का महशुस भएको छ । आज दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प धक्का महशुस भएकाे हाे ।

धादिङको कुम्पुर केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.