डाँफे क्लब सिकागोको सहयोग र युवा जागरणको संयोजनमा अपाङ्ग,अनाथ बच्चाहरुलाई सहयोग

रिपोर्ट नेपाल | 2019 May 17 | 09:15 am 2791

काठमाडौं, जेठ ३: डाँफे क्लब सिकागो, अमेरिकाको सहयोग र युवा जागरण अभियानको संयोजनमा अपाङ्ग, अनाथ ४५ जना बच्चाहरुलाई स्कुल ड्रेस, जुत्ता, झोला सहित २ लाख ८५ हजार नगद हस्तान्तरण गरिएको छ ।

डाँफे क्लब सिकागोका प्रतिनिधि नवीन कैनिलको विशेष पहलमा जुटाइएको जिन्सी तथा आर्थिक सहयोग क्लबका प्रतिनिधि, युवा जागरण अभियानाका संयोजक चिन्तन पौडेल, नेविसंघ निवर्तमान केन्द्रीय उपाध्यक्ष प्रकास राना, निवर्तमान कोषाध्यक्ष शिव रिमाल, केन्द्रीय सदस्य सुशील तिमल्सिना, एलिजा ढकाल, त्रिभुवन विश्वविधालय नेविसंघ अध्यक्ष श्याम चन्द्र अधिकारी, नेविसंघ तनहु काठमाडौ सम्पर्क समिति अध्यक्ष प्रबिन कैनि, नेविसंघ नेता भुवन भट्ट लगायतका युवाहरुले गोकर्णमा रहेको अपाङ्ग एकता आवाज केन्द्रमा पुगि अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिल बहादुर खत्रिलाई रकम हस्तान्तरण गरेका थिए ।

संस्थाका अध्यक्ष तिल बहादुर कार्किले नगद ग्रहण गर्ने क्रममा बच्चाहरुका लागि गरिएको सामाजिक सेवा सहितको सहयोगका लागि म व्यक्तिगत र बच्चाहरुको तर्फबाट डाँफे क्लब सिकागो, युवा जागरण अभियानका अभियान्ताहरुलाई विशेष धन्यबाद दिन चाहन्छु र अगामि दिनमा समेत थप सहयोगको अपेक्षा गरेका बताए ।

साथै यस कार्यक्रमको संयोजनमा नेविसंघ तनहुँ काठमाडौं सम्पर्क समिति अध्यक्ष प्रबिन कैनिले विशेष भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा अपाङ्ग र अनाथ बच्चाहरुले नयाँ लुगा, जुत्ता, झोला पाउँदा एकदमै खुसि भएको भन्दै सहयोगका लागि एकै स्वरमा धन्यबाद समेत व्यक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.