एम्बुलेन्स लमा ठोक्किँदा दुर्घटना हुँदा चालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 16 | 10:52 am 4268

महेन्द्रनगर, धनुुुुषा, २ असार : धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४ः३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

बिरामी पु¥याएर जनकपुर फर्किने क्रममा गाडीको सन्तुलन बिग्रेर पुलमा ठोक्किँदा चालक नगरपालिका वडा नं १ निवासी २३ वर्षीय सन्तोषकुमार रायको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल जनकपुर पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.