सरकार नियन्त्रित डेमोक्रेसीको पथमा अग्रसरः नेता महर

रिपोर्ट नेपाल | 2019 May 16 | 07:22 pm 2338

काठमाडौं, जेठ २: नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले सरकार नियन्त्रित डेमोक्रेसीको पथमा अग्रसर भइरहेको आरोप लगाएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले उक्त आरोप लगाएका हुन्।

कम्युनिस्ट सरकार तानासाही बन्दै गएको छ। सरकारले प्रेसलाई नियन्त्रणमा राख्न खोज्नु, केन्द्रले प्रदेशलाई काम, स्रोत र अधिकारबिहीन बनाउनु तानासाही प्रवृतिको जल्दोबल्दो उदाहरण हो, उनले भने, ओली नेतृत्वको सरकारले संघीयता चलाउन सकिरहेको छैन। त्यैसेले निकै आत्तिएको छ। उनले जनतालाई ठुला–ठुला सपना बाडेको सरकारले भनेअनुसार काम गर्न नसकेकाले आत्तिएको आरोप लगाए।

संसद् पनि प्रधानमन्त्रीले नै चलाउन खोजे जस्तो देखिएको बताउँदै नेता महरले प्रधानमन्त्रीमा म मात्रै देशमा काम लाग्ने व्यक्ति हुँ भन्ने अहम् पलाएकाले देशमा समस्या पर्ने गरेको टिप्पणी गरे।

लोकतान्त्रीक देशमा जनताको आवाज कुन्ठित पार्न खोजिएको भन्दै उनले वर्तमान सरकारले लोकतन्त्रनै खतरामा पार्न खोजेको आरोप लगाए। बेलैमा नसच्चिए सरकारविरुद्ध कडा कदम चाल्न आफूहरु पछि नपर्नेसमेत उनको चेतावनी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.