मुम्बाईमा बस्ने दाइलाई भेट्न जाँदा दिल्लीमै नेपाली युवती सामूहिक बलात्कृत

रिपोर्ट नेपाल | 2019 May 16 | 07:00 pm 1519

काठमाडौं, जेठ  २ : मुम्बाईमा बस्ने दाइलाई भेट्न भएकी एक नेपाली युवतीमाथि नयँ दिल्लीमा सामूहिक बलात्कार भएको छ । २२ वर्षीया नेपाली युवतीलाई नयाँ दिल्लीको द्वार्कामा चार पुरुषले सामूहिक बलात्कार गरेको भारतीय मिडियाहरूले जनाएकाे छ ।

भारतीय प्रहरीका अनुसार काठमाडौंकी ती पीडित युवती शनिबार बसबाट नयँ दिल्ली पुगेकी थिइन् । त्यहाँबाट मुम्बईको लागि रेल चढ्ने योजना थिइन् । तर उनी समयमा पुग्न नसकेपछि उनले मुम्बई जाने रेल भेट्न सकिनन् । त्यसपछि उनी अब के गर्ने भनेर मानिसहरुसँग सोधपुछ गरिरहेकी थिइन् । त्यति नै बेला, एक व्यक्ति उनलाई सहयोगका लागि अगाडि आए ।

रेलको प्लेटफर्ममा बसिरहेका बेला उनीसामु चार जना युवा आए र यहाँ सुरक्षित छैन्, उता जाउँ भनि नयाँ दिल्लीको द्वार्कामा लगेर बलात्कार गरेको भारती सञ्चारमाध्यमहरूले जनाएकाे छ ।

आफूलाई चार जनाले बलात्कार गरेर मुम्बइ जाने रेलमा चढाइदिएको उनले प्ररहरीसमक्ष दिएको उजुरीले उल्लेख गरिएको छ । दाइलाई भेटेपछि उनले घटनाबारे भनेपछि प्रहरीका उजुरी परेको थियो ।

घटना हुनुअघि पीडितले मुम्बईमा भएका आफ्ना दाइलाई आरोपीमध्येका एकको फोनमार्फत् कुरा गरेकी थिइन् । पीडितका दाइलाई ती व्यक्तिको नाम र उनको फोन नम्बर थाहा थियो । उनले आरोपीको फोन नम्बर र नाम मुम्बई पुलिसलाई जानकारी दिइसकेका थिए ।

समाचारकाे अनुसार मुम्बईस्थित ओशिवारा पुलिस स्टेशनले नेपाली युवतीको उजुरी बुधबार दिल्ली पुलिसलाई हस्तान्तरण गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.