कञ्चनजङ्घा हिमाल आरोहण गर्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु, एक बेपत्ता

| 2019 May 16 | 02:31 pm 6065

काठमाडौं, जेठ २: कञ्चनजङ्घा हिमाल आरोहण गर्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु भएको छ । अर्का एक जना आरोही बेपत्ता भएका छन् ।

आरोहणका क्रममा मृत्यु हुनेहरुमा पश्चिम बंगालका ४६ वर्षीय कुन्तल कार्नार र ४८ वर्षीय विप्लव वैद्य रहेको स्रोतले जानकारी दिए ।

कञ्चनजङ्घा हिमालको मुख्य शिविरमा पुगेर फर्कने क्रममा वैद्यको चौथो शिविरमाथिको क्षेत्रमा मृत्यु भएको हो । त्यसैगरी कार्नारको आरोहणकै क्रममा मृत्यु भएको आरोहणको व्यवस्थापनको जिम्मा लिएको पीक प्रमोशन कम्पनीका अध्यक्ष केशव पौडेलले बताए ।

यसैगरी आरोहण गर्ने क्रममा चिप्लिएर बेपत्ता भएका एकजनाको खोजी कार्य भैरहेको पौडेलले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.