दैलेख, जेठ १ आफन्तको विवाहको भोज खाएर फर्केने क्रममा युवाहरुबिच झडप हुँदा मंगलबार दैलेखमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका–५ छातिकोटका प्रेमबहादुर थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार ३२ बर्षे प्रेमबहादुर, पहलसिंह सारु र दानबहादुर थापासंगै बसेर मदिरा सेवन गरेको र आपसमा बिवादले उग्र रुप लिएपछि उनको हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रेम बहादुर संगसंगै बसेर मदिरा सेवन गरी बिवाद गरिएका व्यक्तिहरुलाई प्रहरी खोजी गरेको र घटनाबारे थप अनुसन्धान भैरहेको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन् ।
पोष्टमार्टम रिपोर्ट र मृतकका आफन्तको जाहेरी अनुसार घटनाको थप अनुसन्धान गरिने पोखरेलले जानकारी दिए । मृतकका आफन्तले सत्य तथ्य छानवीन गरी हत्यारालाई कार्वाही गर्न माग गरेका छन । पोष्टमार्टम पछि आफन्तले लास बुझेर दाहासस्कार गरेको प्रहरीले जनाएको छ ।