काठमाडौं, वैशाख ३०: आज सोमबार देशभरि आंशिक बदली रहि पश्चिमका स्थानहरुमा र मध्य पूर्वका धेरै स्थानहरुमा मेघ गर्जनका साथ हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सजग रहन महाशाखाले जनाएको छ ।