सर्लाही, वैशाख २९: आइतबार जिल्लाको हरिवनमा दुई पक्षबीच भएको भनाभनमा धारिलो हतियार प्रहार गर्दा एक युवक घाइते भएका छन् ।
घाइते हुनेमा सोही स्थानका २८ वर्षीय देवराज कार्की रहेका छन् । उनलाई स्थानीय नमुना अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
धारिलो हतियारले गर्दा कार्कीको ढाडमा गहिरो चोट लागेको देखिएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि प्रहरीले दुईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।