प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

रिपोर्ट नेपाल | 2019 May 12 | 09:37 pm 1828

काठमाडौं, वैशाख २९ : नेपाल सरकार, मन्त्रीपरिषद्को बैठक वैशाख २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी निरञ्जन कुमार श्रेष्ठलाई आइतबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

साथै उपरथी दर्जामा पदोन्नति भएका उपरथी श्रेष्ठलाई उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी दिईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.