काठमाडौं, बैशाख २९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो देशको जय गर्न नपाउने भनेर प्रश्न गरेका छन् । आज कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने- ‘आफ्नो देशको जय गर्न नपाउने, नत्र के भारतको जय भन्ने चीनको जय भन्ने?’
सभापति देउवाले संसदमा दर्ता भएको नेपाली मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रेस स्वतन्त्रतामाथिको ‘कु’ भएको पनि बताए । उनले भने, ‘यो प्रेस स्वतन्त्रतामाथिको कु हो। संविधानसम्मत पनि आएको छैन। हामी पार्लियमेन्ट र बाहिर सडकमा पनि विरोध गर्छौ। यो विधेयक विथड्र नै गर्छौ।’
स्वतन्त्रता, न्याय र समानता काँग्रेसको आदर्श भएको उल्लेख गर्दै देउवाले प्रेस स्वतन्त्रताबिनाको लोकतन्त्र कल्पना गर्न नसकिने बताए।