पत्रकारद्वारा संचारमन्त्री बास्कोटाको कार्यक्रम बहिष्कार

रिपोर्ट नेपाल | 2019 May 12 | 12:34 pm 1611

नुवाकोट, वैशाख २९: नेपाल प्रेस युनियन नुवाकोटले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेका छन् ।

सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आईतबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन सम्वद्ध पत्रकारहरुले बहिष्कार गरेका हुन् ।

प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारीका अनुसार नेपाली प्रेसलाई पूर्ण नियन्त्रित गर्ने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा मिडिया काउन्सिल संबन्धि बिधेयक दर्ता गरिएको र प्रेस बिरोधी गतिबिधिहरु नियन्त्रणमा संचारमन्त्री बास्कोटा पूर्ण उदासीन रहेकाले बिरोधस्वरुप मन्त्रीको कार्यक्रम बहिष्कार गरिएको बताए ।

मिडिया काउन्सिल बिधेयकको बिरोधमा पत्रकार महासंघले संचालन गरेको आन्दोलनका कार्यक्रम नुवाकोटमा प्रभावकारी रुपबाट संचालन गर्न प्रेस युनियन प्रतिबद्ध रहेको समेत अधिकारीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.