भीरबाट लडेर एक युवकको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 12 | 08:29 am 3319

गुल्मी, वैशाख २९:  जिल्लाको मदाने गाउँपालिका–५ स्थित गौडापरी भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउकै स्थानीय ३७ वर्षीय शिव परियार रहेको प्रहरीले जानकारी दिए ।

शनिबार साँझ भारतबाट घर आउने क्रममा भीरबाट लडेर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार, युवक भिरबाट खस्दा करिब १ सय ५० मिटर तल पुगेको बताए । परियारको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.