बालकृष्ण खाणको प्रश्न- ‘मेरो सरकार’ले मदन भण्डारीका हत्यारा कहिले खोज्छ?

रिपोर्ट नेपाल | 2019 May 08 | 06:40 pm 1990

काठमाडौं, वैशाख २५ : नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलेहाँस्यकलाकारले देश चलाइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यंग गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित शुभारम्भ कार्यक्रममा उनले हाँस्यकलाकार स्टेजबाट ओर्लेर सिंहदरबार गएकाे बताएका हुन् ।

उनले कांग्रेस जागरण अभियानले जनता र कांग्रेसलाई जोड्न पनि बताए । उनल भने “जबजब नयाँ ईतिहास रचना गर्नुपर्ने अवस्था आउँछ, तब कांग्रेसले जागरण अभियान सञ्चालन गर्छ । २००७ र २०४६ मा पनि कांग्रसले जागरण अभियान सञ्चालन गरेको थियो ” ।

पार्टिभित्रको मतभेदलाई भुलेर एकताबद्ध भएर अभियानमा लाग्न जरुरी रहेकोमा उनले जोड दिए । कांग्रेस कमजोर हुँदा राष्टियता, लोकतान्त्रिक व्यवस्था कमजोर भएको उनको दाबी छ । हास्यकलाकारले देश चलाएको टिप्पणी गर्दै खाँणले हास्यकलाकार सबै स्टेज छोडेर सिंहदरवार पसेको बताए ।

हिजो (मंगलबार) संसदमा प्रधानमन्त्री केपी ओलीले गैरसंसदीय भाषा प्रयोग गरेर नयाँ इतिहास रचेको टिप्पणी खाँणले गरे । ओलीले काठमान्डुलाई मास्कमान्डु बनाएको आरोप पनि उनले लगाए ।

मदन भण्डारी र निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै खाणले सरकारको आलोचना गरे। ‘मदन भण्डारीको सबैभन्दा हितैषी ‘मेरो सरकार’ हुनुहुन्छ। प्रधानमन्त्री हुनुहुन्छ अनि हत्यारा खोज्नु पर्दैन? कहिले खोज्नुहुन्छ?,’ उनले भने, “मदन भण्डारीका हितैसी मित्र सरकार र राष्ट्रपति भएको बेला हत्यारा कहिले पक्राउ पर्छ भनेर सोध्न नपाइने ?

ओलीलाई फलानो मन्त्रीले भ्रष्ट्राचार गरेन भनेर न्यायिक फैसला गर्ने अधिकार कसले दियो भनेर प्रश्न गर्न नपाउने ?” हिजो कांग्रेस सांसदले ओलीलाई सोधेको प्रश्नबारे प्रस्ट पार्दै खाँणले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.