किन गरे १८ महिने नाबालकलाई चिरपट प्रहार !

रिपोर्ट नेपाल | 2019 May 07 | 08:25 pm 2422

कास्की, वैशाख २४:  पोखरास्थित महेन्द्रपुलमा चिरपट प्रहारबाट एक बालक घाइते भएका छन् ।

प्रहार गर्नेमा मकवानपुर घर भई हाल पोखरा–९ महेन्द्रपुलमा बस्ने २५ वर्षीय लक्ष्मी राईले रहेका छन् । चिरपट दाउराले प्रहार गर्दा सोही स्थान बस्ने सीता राईका १८ महीनाका छोरा उज्वल राई गम्भीर घाइते भएका छन् ।

घाइते नाबालकको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने लक्ष्मीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.