पोखरा, वैशाख २४ : पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा मंगलबार दिउँसो जाइरोकप्टर दुर्घटना भएको छ ।
हेली एयर नेपाल प्रालिको नाइनएन एएमके कल साइनको जाइरोकप्टर दिउँसो दुई बजे रन वेबाट चिप्लिएर दुर्घटनामा परेको जनाइएको छ । दिउँसो १ः४५ मा फ्रान्सेली पाइलट एरिकले यात्रु अनिश भट्टचनलाई राखेर उडाएका थिए ।
जाइरोकप्टर उत्तरी भेगबाट ल्याण्ड गर्ने क्रममा चिप्लिएर दक्षिणी भागको तारबारमा पुगेको ठोक्किएको थियो । दुर्घटनामा जाइरोकप्टरको दुबै पंखा भाँच्चिएको छ । अगाडिको सिसा फुटेको छ । पाइलट र यात्रु दुबै सकुशल रहेको नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका सूचना अधिकारी काशिराज शर्माले जानकारी दिएका छन् ।