डोटी, वैशाख २४: जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर –४ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।
प्रहरीका अनुसार सोमबार राति अज्ञातसमूहले मान्नाकापडीस्थित वडाकार्यालयमा आगजनी गरेको जानकारी दिए ।
उक्त घटनास्थलतर्फ प्रहरी टोलीलाई पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाका पूर्ण रुपमा विवरण आउन भने बाँकी रहेको छ ।