अफिम र चरेससहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 May 06 | 03:17 pm 1850

काठमाडौँ, वैशाख २३ : प्रहरीले झण्डै एक किलो अफिम र ४७ किलो चरेशसहित एक जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाको आधारमा कैलालीको धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडीका ४६ वर्षीय काल्चे बोहरालाई धादिङको गजुरीबाट पक्राउ गरेको हो ।

उक्त लागुऔषध बिक्री गर्न भारततर्फ लैजाँदै गरेको अवस्थामा डिएल ३ सिएडी ७०८१ नम्बको भारतीय गाडीसहित गएराति धादिङको गजुरी गाउँपालिका-१, सोतीखोलाबाट उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए ।

उनले गाडीको पछाडि सिटमुनि फल्स बटम बनाई प्लाष्टिकको पोका बनाएर राखेको अवस्थामा अफिम फेला परेको प्रहरी निरीक्षक जीवन निरौलाले बताए । उनको साथबाट ९ सय ७८ ग्राम अफिम र लागुऔषध चरेस ४७ किलोग्राम फेला परेको प्रहरीले जनाएको छ।

बोहरामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.