काठमाडौं, वैशाख २२: महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले नागरिकसँग सहकार्य गर्दै अपराधिक कृयाकलाप नियन्त्रण गर्दै चेतनामुलक कार्यक्रम गरिरहेको बताएका छन् ।

आइतबार बिहान वृत्त र सामुदायिक सेवा केन्द्रद्वारा आयोजित दैवी प्रकोप सम्बन्धी जनचेतना जगाउँने उद्देश्यले आयोजित प्रभातफेरि कार्यक्रम पछिको कोण सभालाई सम्बोधन गर्दै प्रनाउ आचार्यले हेर्दा र सुन्दा यि कार्यक्रम सानो देखिए पनि समाज परिवर्तन गर्न र समुदायलाई चेतनशिल बनाउन यस्ता कार्यक्रमले ठूलो महत्व राख्ने बताएका थिए ।

कामनपा वडा नम्बर २९ का वडा अध्यक्ष कुष ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष ढकालले समुदाय प्रहरी साझेदारी कार्यक्रमले जनता र प्रहरीबीच रहेको खाडल पुर्ने काम गरेको बताए । सेवा केन्द्रका महासचिव लक्ष्मी प्रसाइले दुर्घटना हुनुभन्दा अगावै यस्ता चेतनशिल कार्यक्रम गरिंदा दैवी प्रकोपका घटनामा कमी हुने बताएका थिए ।
समाजसेवी हरिप्रीया पाण्डेले समाजलाई हरेक कुरामा चेतनशिल बनाउनका लागि प्रहरीसँग साझेदारी गर्दै अन्य रचनात्मक काम पनि गर्नुपर्ने बताएकी थिइन । कार्यक्रमको संचालन प्रहरी निरीक्षक भोजराज पाण्डेले गरेका थिए ।