भीरबाट लडेर एक महिलाको निधन

रिपोर्ट नेपाल | 2019 May 04 | 09:59 pm 2672

बझाङ, वैशाख २१: शनिबार भीरबाट लडेर बझाङमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लास्थित जयपृथ्वी नगरपालिका वडा नम्बर १ भण्डारकी ३५ वर्षीया हरिनादेवी बोहराको भीरबाट लडेर ज्यान गएको हो । शनिबार दिउँसो ३ बजेतिर घर नजिकैको डाँडामा घाँस काट्न गएकी बोहराको भीरबाट लडेर मृत्यु भएको प्रहरीले बताए ।

उनीसँगै घाँस काट्न गएका अन्य साथीहरुले गाउँमा खबर गरेपछि मात्र थाहा भएको परिवार स्रोतले जनाएको छ । मृतक बोहराका ४ छोरा र १ छोरी रहेका छन् भने श्रीमान ज्याला मजदुरी गरी जीवीकोपार्जन गर्ने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.