काठमाडौं, वैशाख २१ : संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता हुने भएको छ। दुई पार्टीले केही महिना अघिदेखि एकीकरणको प्रयास गरिरहेका अवस्थामा पार्टीका दुवै पक्षबीच सांगठनिक विषयमा कुरा मिलिसकेको शनिबार एक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
संयुक्त रुपमा पार्टीको नाम समाजवादी पार्टी नेपाल रहने भएको छ। नयाँ पार्टीका संयोजक डा बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहने सहमति अनुसार यही वैशाख २३ गते पार्टी घोषणा हुने जनाइएको छ।
