एकैसाथ तीन वटा ट्रक ठोक्किँदा १० जना घाइते

रिपोर्ट नेपाल | 2019 May 04 | 12:40 pm 1458

हेटौँडा, वैशाख २१ : मकवानपुरमा तीनवटा ट्रक एकै साथ ठोक्किएर दुर्घटना भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–९ स्थित जैसिङमा शनिबार बिहान साढे ९ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइतेमध्ये ३ को अवस्था गम्भिर रहेको छ । हेटौँडाबाट नारयाणगढतर्फ जाँदै गरेको ना ६ ख ३३७४ नम्बरको ट्रक र नारायणगढबाट हेटौँडातर्फ आइरहेको ना ४ ख ११९२ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।

दुई ट्रक ठोक्किएपछि नारायणगढबाटै आइरहेको ना ६ ख ९९०७ नम्बरको तेस्रो ट्रक पनि ती दुई ट्रकसँग ठोक्किएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते ६ जनालाई उपचारका लागि भरतपुर पठाइएको र चार जनाको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि चितवन पठाउने तयारी भइरहेको छ ।

घाइते हुनेमा तीनै ट्रकका चालक सहचालक र केही यात्रु रहेको र ओभर टेक गर्ने क्रममा दुर्घटनामा भएको हुनसक्ने प्रहारीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.