स्कूल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 03 | 06:49 pm 1746

झापा, २०७६ बैशाख २० :स्कूल बसको ठक्करबाट शुक्रबार झापाको बुद्धशान्ति गाउँपालिका–४ मा एक पैदलयात्रुको मृत्यु भएको छ । कर्णाली एजुकेशन फाउण्डेशन बुधबारेको मे १ ख १८१९ नम्बरको स्कूल बसको ठक्करबाट पैदलयात्रु स्थानीयबासी ४२ वर्षीय राजेन्द्र जवेगुको मृत्यु भएको हो ।

विद्यार्थी लिन जुनेली बस्तीतर्फ जाँदै गरेको बसले बिहान साढे ८ बजे साँघुरो घुमाउरो बाटोमा ठक्कर दिँदा जवेगुको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । ठक्कर दिने स्कूल बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.