सञ्चार माध्यमहरुले बाटो बिराएको छ : सञ्चारमन्त्री बास्कोटा

रिपोर्ट नेपाल | 2019 May 03 | 03:01 pm 1921

काठमाडाैं, वैशाख २० :  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्यामहरुले बाटो बिराएको टिप्पणी गरेका छन् ।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानले पूर्ण प्रेस स्वतन्ताको प्रत्याभूति गरेको उल्लेख गर्दै त्यसको प्रयोगमा संकुचन वा कमजोर बनाउने काम हुनै नसक्ने बताए ।

लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई लोकतन्त्र विरोधी देखाउने प्रयास गरिएको भन्दै सञ्चार माध्यमहरुप्रति उनले गुनासो व्यक्त गरे । नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता नेपालको इतिहास, भूगोल, खुलापनका कारण पनि संकुचन हुनै नसक्ने उनको तर्क छ ।

संविधानको मूलभूत मान्यताभन्दा बाहिर गएर कानुन बनाउने आशंका नगर्न सबैलाई आग्रह गर्दै उनले सरकार लोकतन्त्रको विश्वव्यापी मान्यतामा एकाकार र सहमत भएर अघि बढन प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमैत्री कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले प्र्रेस स्वतन्त्रता सुनिश्चित गर्नु चुनौतीको रुपमा रहेको बताउँदै प्रेस स्वतन्त्रको रक्षाका लागि जवाफदेही भएर पत्रकारिता गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.