काठमाडौं, वैशाख २० : नेपाली कांग्रेसका युवानेता नैनसिंह महरले सरकार जनताका लागी नभइ माफिया र कमीशनखोरको प्रभावमा परेर काम गरिरहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधान गर्दै नेता महरले सरकार पुरै माफियातन्त्र र कमीशनतन्त्रबाट संञ्चालित भएको आरोप लगाए ।
सरकारी जग्गा बेचेर नपुगेको सरकारले फेरि जनताको ढाड सेक्नेगरी पेट्रोलियम पर्दार्थको मुल्य बृद्धि गरेको छ, यो कुनै हालतमा मान्य छैन, मुल्यबृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने महरले चेतावनि दिए ।
निगमको अहिले पाक्षिक नाफा ७ करोड भन्दा बढी छ यस्तो बेला जनतालाइ राहत दिन मुल्य घटाउन छोडेर झन किन बढाएको भन्दै महरले सरकार आफै व्यापारी भएर कल्याणकारी बन्न नसकेको बताए ।
इडबडी, ३३ किलो सुन ,बालुवाटार जग्गा बेचेर पनि प्रधानमन्त्री र मन्त्रीहरुलाइ पैशा पुगेन र पेट्रोलियम पर्दार्थको मुल्य बढाएको हो , यो जनतामारा सरकार भएको आरोप लगाए ।
सरकार प्रति निकै आक्रमक देखिएका महरले भने स्वचालित मुल्यका नाममा सरकारले आयल निगमलाइ भष्ट्राचारको गोदाम बनाएको छ, भन्ने बेला स्वाचालित भन्ने अनि घटेको बेला नघटाउने, बढेको बेला मात्र मुल्य बढाउने यो कस्तो स्वचालन मुल्य प्राणली हो ? तिन महिना सम्म मुल्य घटेको बेला नेपालमा किन नघटाएको ? कम्युनिस्ट सरकार बने पश्चात जनताका दैनिक उपभोग्य चीज़वस्तुमा ३ सय प्रतिशत भन्दा वढी मूल्य वृद्धि भएको र यस पटक पनि पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिले अझ मुल्य आकासीएर जनताले सास्ति बेहोर्नु पर्ने महरले बताए ।