पेट्रोलियम पदार्थको मुल्य बृद्धि

रिपोर्ट नेपाल | 2019 May 02 | 09:40 pm 1784

काठमाडौं, वैशाख १९:  केही महिना स्थिर रहेको पेट्रोलियम पदार्थको मुल्य सरकारले बृद्धि गरेको छ ।

समायोजन गरेको मुल्य अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपौयाँ ५० पैसा, मट्टितेल र डिजेलमा १–१ रुपैयाँ बृद्धि गरेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

अब पेट्रोल १११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ पुगेको छ। यसअघि पेट्रोलको मूल्य रु ११० थियो भने डिजेल र मट्टीतेल ९७ रुपैयाँ थियाे।

इण्डियन आयल कर्पोरेशनले मे १ मा मूल्यको सूची पठाएपछि समायोजन भएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.