बाघको छाला र भालुको पित्तसहित ५ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 May 02 | 07:08 pm 1879

भक्तपुर, वैशाख १९ : बाघको छाला र भालुको पित्तसहित प्रहरीले पाँच जनालाई बुधबार साँझ पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक चोकमा शकांस्पद तरिकाले हिँडिरहेको अवस्थामा जाँच गर्दा उनीहरूलाई दुई थान बाघको छाला र करिव ७५ ग्राम भालुको पित्तसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी गाउँपालिका ८ घर भई हाल ललितपुर चापागाउँ बस्ने ४० वर्षीय आनन्द तामाङ, ओखलढुंगा चिसंखु घर भई हाल काठमाडाैं बौद्ध बस्ने २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका १२ का ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोर ७ का ३५ वर्षीय रत्नबहादुर माझी र ३४ वर्षफय बिष्णुबहादुर माझी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतिरमण पोखरेलले जानकारी दिए।

‘जंगली जनावरको छाला र पित्त बेचबिखन गर्ने उद्देश्यले हिँडिरहेका उनीहरुको गतिविधि शंका लागेपछि जाँच गर्दा साँझ ७ः३० बजे उनीहरूलाई पक्राउ गरिएको हो,’ प्रनाउ पोखरेलले भने। पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.