रूपन्देही, वैशाख १९: बुटवलको जितगढीमा टिपरको ठक्करबाट स्कुटरमा सवार एक किशोरीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बुटवल उपहानगरपालिका—१२ तामनगर बस्ने १९ वर्षीया पुष्पा भण्डारी रहेका छन् भने उनका बुवा घनश्याम भण्डारी सामान्य घाइते भएको प्रहरीले जानकारी दिए।
बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिएको थियो ।
लु २ ख १९०३ र लु १ ख ६२३३ नम्बरका दुईवटा टिपरलाई ठक्कर दिएको आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।