बर्ड फ्लुको कारण एक युवकको मृत्यु भएको पुष्टि

रिपोर्ट नेपाल | 2019 May 02 | 01:06 pm 2062

काठमाडौं, वैशाख १९:  कुखुर तथा अन्य पंक्षीमा देखिने बर्ड फ्लुको भाइरस नेपालमा पहिलो पटक मानिसमा देखिएको छ ।
उक्त भाइरस संक्रमण भई काभ्रेका २१ वर्षीय एक युवककाे मृत्यु भएकाे  स्वास्थ्य मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

भाइरस संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका ती युवकको वैशाख १५ गते मृत्यु भएको स्वास्थ्य सचिव डा पुष्पा चौधरीले बताइन्। युवक बर्ड फ्लुबाट मृत्यु भएको गत मंगलबार मात्र पुष्टि भएको हो।

यसरी नेपालमा पहिलोपटक बर्ड फ्लुले मानिसको मृत्यु भएपछि सतर्कता रहन र अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.