धादिङको धुनिबेसीमा बस दुर्घटना हुँदा १३ घाइते

रिपोर्ट नेपाल | 2019 May 02 | 09:25 am 2430

काठमाडौं, वैशाख १९: सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख ३२४० नम्बरको बस बिहान ४ बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी ८ खानिखोलामा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा परी घाइते भएका मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा ११ जना पुरुष र २ जना महिला रहेका छन् । गम्भिर घाइते भएका पुरुषलाई उपचारका लागि काठमाडौ ल्याइएको छ । सामान्य घाइतेहरुको शिवदर्शन अस्पतालमा उपचार भइरहेको खानिखोला ट्राफिक पोस्टका नायब निरीक्षक उद्धव पोखरेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.