वीरगंजको एक गोदाममा लागेको आगो नौ घण्टापछि नियन्त्रण

| 2019 May 01 | 09:33 am 2642

पर्सा, वैशाख १८: मंगलबार साँझ श्रीपुर नेशनल ट्रेडिङ्ग गोदाम नजिकै रहेको लक्ष्मीदीप पेन्ट्स उद्योगको गोदाममा भएको भीषण आगलागी नौ घण्टा पछि नियन्त्रण गरेको छ।

लक्ष्मीदीप पेन्ट तथा केमिकल उद्योगको गोदाममा मंगलबार साँझ ६ बजेदेखि शुरु भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न स्थानको दमकल र स्थानीयबासिन्दाको प्रयासमा नियन्त्रणमा लिइएको हो ।

व्यवसायी अजय साहको अनुसार विद्युत सर्ट सर्किट भई गोदाममा आगो लागेको हुनसक्ने अनुमान गरिएको भएपनि यसको विस्तृत विवरण खुल्न सकेको छैन ।

आगो नियन्त्रण भन्दा बाहिर गएपछि थप सुरक्षाकर्मीसँगै वीरगंज महानगरपालिका, पोखरीया नगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका, कलैया, सिम्रौनगढ नगरपालिका, सिमरा विमान स्थल, अमलेखगन्ज स्थित नेपाल आयल निगम क्षेत्रीय कार्यालयको वारुणयन्त्र तथा केमिकल युक्त वारुण यन्त्र र भारत विहारको रक्सौलबाट वारुणयन्त्रको माग गरी नियन्त्रण गरिएको थियो ।

आगलागी बाक्लो मानव बस्तीको बीचमा भएकाले आगो फैलिन सक्ने स्थितिले स्थानीय त्रसितका भएर अधिकांशले रात नसुति बिताएका थिए ,साथै आगो अन्यत्र सल्किन सक्ने जोखिम रहेको कारण आसपासको क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.