काठमाडौं, वैशाख १८: नौ दिने औपचारिक चीन भ्रमणमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता हुने भएकी छन् । भण्डारीको स्वास्थ्यमा समस्या देखा परेपछि सम्मेलनका कार्यतालिकाभन्दा एक दिनअघि आज बुधबार स्वदेश फर्किन लागेको सचिवालयले जानकारी दिए ।
चीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किन लागेकी हुन् ।
राष्ट्रपति भण्डारी सिचुवान एयरलाइन्सको विमानबाट बुधबार बिहान साढे १० बजे स्वदेश आइपुग्ने सचिवालयले जानएको छ । बिआरआई फोरमअन्तर्गतको गोलमेच सम्मेलनमा सहभागी भई चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा भ्रमणमा पुग्नुभएका राष्ट्रपति भण्डारी सिधै नेपाल आउने कार्यक्रम तय गरिएको छ ।