मकालुमा यतीको पाइला भेटिएको भारतीय सेनाको दाबी

रिपोर्ट नेपाल | 2019 Apr 30 | 04:11 pm 2069

काठमाडौँ, वैशाख १७ : भारतीय सेनाको आरोण टोलीले मकालु बरुण निकुञ्जमा हिमाली मानव यतीको पाइला भेटिएको दाबी गरेकाे छ । भारतीय सेनाले मकालु हिमालमा ३२ इन्च लामो र १५ इन्च चौडा पाइला भेटाएको सार्वजनिक गर्दै ती पाइला यतिका भएकाे दाबी गरेकाे हाे ।

मानिस र बाँदर जस्तो देखिने यति हिमालमा बस्ने गरेको मानिन्छ । । भारतीय सेनाले सोमवार हिउमा भेटिएका ती पाइलाको तस्वीर ट्विटरमा शेयर गरेको छ । तर निकुञ्जका अधिकारीहरुले भने भारतीय सेनाकाे दाबीलाई  सिधै अस्वीकार गरेका छन् ।

‘भारतीहरुले बढी होहल्ला गर्छन्’, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले कान्तिपुरसित भने, ‘यतीको हकमा पनि त्यही हुन सक्छ । उनीहरुले यतिको पाइला भनी प्रचार गरेको तस्बीरलाई हाम्रा विज्ञहरुले भालुको पाइला हुनसक्ने बताएका छन् ।’

यतीको पाइला भेटिएको भन्दै इन्डियन आर्मीको ट्वीटपछि यसलाई विश्वभर चासोका साथ हेरिएको छ भने बीबीसी, सीएनएनलगायत अन्तराष्ट्रिय मिडियालेसमेत समाचार बनाएका छन् ।

महानिर्देशक खडकाका अनुसार भारतीय सेनाको टोलीसंग नेपाली सेनासमेत संगै थिए । सर्वसाधारणले गर्ने आरोहण टोलीमा निकुञ्जका कर्मचारी संगै रहने भए पनि सेनासंग सेनाकै टोली रहन्छन् । ‘

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यसबारे नेपाली सेनासंग सोधपुछ गरिरहेको बताए । ‘उताबाट जानकारी आएपछि के रहेछ विस्तृत भनौंला’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.