वैवाहिक वर्षगाँठको अवसरमा कार्कीद्वारा ‘बा-आमा घर’लाई एक लाख सहयोग

रिपोर्ट नेपाल | 2019 Apr 30 | 03:37 pm 2458

ललितपुर,  वैशाख १७ : नेपाली काँग्रेस भक्तपुरका युवा नेता तथा समाजसेवी विष्णुराज कार्कीले आफ्नो २५ औँ वैवाहिक वर्षगाँठको अवसरमा ‘बा-आमा घर’लाई एक लाख एक रुपैयाँ  सहयोग गरेका छन् । सोमबार कार्कीले ललितपुर टिकाथलीस्थित निर्माणाधिन ‘ बा-आमा घर’ मा पुगेर बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतलाई एक लाख एक रुपैयाँ बारबारको चेक हस्तान्तरण गरेका हुन् ।

आफ्नो तर्फबाट र नेपाली काँग्रेस भक्तपुर जिल्लाको तर्फबाट सहयोग गर्न पाउँदा एकदमै खुसी व्यक्त भएकाे  कार्कीले बताए । उनले पुनर्जीवन केन्द्रले गरेको कार्यप्रति प्रशंसा गर्दै दृढताका साथ लागि पर्न र आगामी दिनमा आफ्नो तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।

रकम हस्तान्तरण कार्यक्रमका अतिथिको रूपमा रहेका भक्तपुरका नेपाली काँग्रेस पार्टी सभापति दुर्लभ थापाले समाजसेवी विष्णुराज कार्की र उनका जीवन संङ्गीनी लक्ष्मी कार्कीलाई विवाहको २५ औँ वार्षिक उत्सवको बधाईसँगै सफलताको शुभकामना व्यक्त गरे ।

आफ्नो घर-जग्गा सहकारीमा धितो राखेर ‘बा-आमा घर’को निर्माण गरिहेका पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी बस्नेतले कार्कीको सहयोगले आफूलाई समाजसेवामा लाग्न थप हौसला प्रदान गरेको बताउँदै २५ औँ वार्षिक उत्सवको शुभकामना व्यक्त गरे ।

‘बा-आमा घर’ निमार्णको लागि सहयोगी मनहरूले हालसम्म तीन लाख ३४ हजार सहयोग गरेको पनि अध्यक्ष बस्नेतले सुनाए । उनले भने, ‘आजसम्म ३ लाख ३४ हजार विभिन्न सहयोगी मनहरूबाट प्राप्त भयो। बाँकी रकम पुर्ख्यौली ४ आना जग्गा सहकारीमा धितो राखेर आश्रम निर्माण गरिरहेको छु ।’

‘एक सोचले मानिसको जीवन परिवर्तन हुन्छ । अब बेवारिसेहरुको हामि हुनुपर्छ’ भन्ने मूल नाराका साथमा पाँच वर्षदेखि समाजसेवामा काम गर्दै आएका बस्नेतले सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उद्देश्यले ‘बा-आमा घर’ निर्माण गरेको हुन् । सडकमा भेटिने वेवारिसे बा- आमा राख्नका लागि आश्रयस्थल निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको छ ।

आमा घरको सञ्चालिका दिलशोभा श्रेष्ठ र बस्नेतको सक्रियतामा बस्नेतकै आफ्नै पितापुर्खाले छाडिदिएको ललितपुर टिकाथलीको जग्गामा निर्माणधिन बा आमा घर अन्तिम चरणमा पुगेको छ । बुबाको मुख हेर्ने दिनको अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले बा-आमा घरकाे उद्घाटन  गरेकी थिइन् ।

‘बेवारिसे शवका अभिभावक’ भनेर परिचय बनाइसकेका बस्नेतले हालसम्म एक विदेशी नागरिक सहित १८८ बेवारिसे शवहरूलाई आफ्नै हातले दागबत्ती दिएर ससम्मान दाहसंस्कार गरिसकेका छन्।

नेपालकाे ७७ वटै जिल्लामा बेवारिसे ब्यवस्थापनकाे अनुमति पाइसकेकाले आफ्नो जिम्मेवारी बढ्दै गएकाे बस्ननेतले बताए । सबैकाे साथ सहयोग पाए नेपालमा काेही पनि बेवारिसे भएर मर्नु नपर्ने उनकाे विश्वस छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.