कुलो बनेपछि कृषकलाई सहज

रिपोर्ट नेपाल | 2018 Jun 15 | 02:43 pm 4277

सिन्धुली,असार १ :  दूधौली नगरपालिका– ११ पत्रिङ्गा सिँचाइ कुलो निर्माण गरिएको छ । कुलो सञ्चालनमा आएपछि कृषकलाई खेती गर्न सहज भएको छ ।

असारमा खेती गर्न सिँचाइ कुलो निर्माण भएपछि धान रोप्न सहज भएको स्थानीय कृषकले बताएका छन् । कुबेत सरकारको रु एक करोड ८३ लाख ९२ हजार सहयोगमा कुलो निर्माण गरिएको पत्रिङ्गा सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष यज्ञबहादुर कार्कीले जानकारी दिए ।

तीन किलोमिटर लामो सिँचाइ कुलोले कृषकलाई हिउँदे तथा वर्खे खेती गर्न सहयोग पुग्नेछ । सिँचाइ गर्न वर्षैंदेखि समस्या झेल्दै आएका यहाँका किसानले अब कुलो बनाउनुपर्ने झन्झटबाट मुक्ति पाएका छन् ।

स्थानीय कृषक चन्द्रलाल कुमरले भने, “खहरे खोलाको बाढीका कारण बिहान खनेको कुलो बेलुका पुरिँदा हैरान हुन्थ्यौँ,”

मझौला सिँचाइले सो क्षेत्रको ८५ बिगाहा जग्गा बाह्रैमास सिञ्चित हुनेछ । खोलाको पानी सदुपयोग गरेर तरकारीखेती समेत गर्न सकिने पत्रिङ्गा सिँचाइ जल उपभोक्ता समितिका उपभोत्ता कृष्णकुमार राउतले बताए । सिँचाइ कुलोबाट करीब ६० घरपरिवार लाभान्वित भएका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.