एजेन्सी, वैशाख १५ : वित्तीय संकटमा परेपछि अस्थाइ रुपमा बन्द भएको भारतको एयरलाइन जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार ५३ वर्षीय शैलेष कुमार सिंह विगत ३ वर्षदेखि क्यान्सर पीडित थिए ।
गत ४ महिनादेखि उनको स्वास्थ्य अवस्था झ बिग्रेको थियो । त्यसैबीच उनले मार्चबाट तलबसमेत नपाएको बताएका थिए । गत शुक्रबार उनलार्ई अस्पतालबाट घर लगिएको थियो । उनले सोही दिन छतबाट हामफालेर आत्महत्या गरेका हुन् ।
मृतकका जेठा छोरा पनि जेट एयरमै काम गर्छन् । उनले पनि तलब पाएका छन् । आर्थिक संकटमा फसेपछि भारतकै ठूलो विमान कम्पनी जेट एयरवेजले आफ्ना सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेका थिए ।
पछिल्लो समय मात्रै जेट एयरवेजले थप १० विमान सेवाबाट हटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उसले हालसम्म ७९ विमानलाई सेवाबाट हटाइसकेको र कम्पनीको शेयर लिलामीमार्फत बिक्री गर्ने प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।