काठमाडौं, वैशाख १५: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्दैछ । दलको कार्यालय सिंहदरवारमा अपराह्न ३ बजे बस्ने बैठकमा भोलि देखि सुरु हुने संसदको वर्षे बैठकमा उठान गर्ने मुद्दाका विषयमा छलफल हुने नेपाली कांग्रेसले जानकारी दिएको छ ।
संघीय संसदको बर्खे अधिवेशन सोमबार सुरु हुन लागेकाले संसद बैठकमा उठाउने एजेण्डाबारे छलफल हुने भएको छ ।
आफ्नो दलको उपस्थितिविना नै सर्वोच्च अदालतका पाँच न्यायाधीश र निर्वाचन आयोगका प्रमुख आयुक्तलगायतका व्यक्ति नियुक्ति गरेको भन्दै कांग्रेसले असन्तुष्टि पोख्दै आएको छ । यसका अलवा नेपाली कांग्रेसले बालुवाटार जग्गा काण्ड लगायत विविध इस्युमा छलफल गर्ने बुझिएको छ ।