झाडा पखालाले एक जनाको ज्यान लियो

रिपोर्ट नेपाल | 2019 Apr 28 | 12:22 pm 2394

गुल्मी, वैशाख १५: गुल्मीको मुसिकोट नगरपालिकाको दजाकोटमा फैलिएको झाडा पखला अझै नियन्त्रणमा आउन सकेको छैन । रिपोर्ट नेपाललाई स्थानीयले दिएको जानकारी अनुसार झाडा पखालाबाट १ जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिको वडा नम्वर ४ दजाकोटमा सिङ्गोगाउँ नै झाडा पखलाबाट प्रभावित भएको छ । झाडा पखालाको महामारिबाट १२ वर्षिय रेशम सिंजालीको मृत्यु भएको बताइको छ । झाडा पखालाबाट बिरामी परेका सिंजालीको आफ्नै घरमा मृत्यु भएको हो । उनको घरमा झाडा पखलाबाट सबै बिरामी परेका छन् । झाडा पखलाबाट आइतवार बिहानसम्म १ सय ७० जना बिरामी भएका छन् ।

विरामी परेकाहरु मध्ये ६ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । बिरामी भएका अन्य ३ जनाको रेसुङ्गा अस्पतालमा र एक जनालाई चितवन लगिएको छ । गुल्मी अस्पतालमा उपचारत मध्ये २ जना निको भएर घर फर्किएको जिल्ला अस्ताल गुल्मीका प्रमुख उत्तम पच्याले बताए । अन्य केही व्यक्तिको सोही ठाउँमा संचालन गरिएको अस्थाई स्वास्थ्य शिविरमा उपचार भैरहेको छ । सिङ्गो गाउँ नै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ टोली अध्ययनका लागि आएको छ ।

झाडा पखला फैलिएको क्षेत्रमा के कारणले झाडा पखला फैलिएको भन्ने बारे अनुसन्धान गर्न काठमाडौंबाट बिश्व स्वास्थ्य सठन (WHO) को समन्वयमा इपिडियोनोलोजि तथा रोग नियन्त्रण महाशाखाबाट टोली गुल्मी आएको छ । डाक्टर सहितको टोलीले स्थलगत अध्यन सुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.