चट्याङ लागेर झापामा एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 26 | 05:33 pm 1819

बिर्तामोड,  वैशाख १३ :  सुतिरहेको अवस्थामा चट्याङ लाग्दा झापामा एक जनाको ज्यान गएको छ ।  शुक्रबार सुतिरहेको अवस्थामा चट्याङ लाग्दा भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीको उपचारका लागि भद्रपुर लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.