३१ हजार घुसहित दुई बिचौलिया पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 26 | 05:29 pm 1839

काठमाडौँ, वैशाख १३ : दुई बिचौलिया अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । स्काइभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिएको टोलीले रोशन कुमार रौनियार र सुनिल यादवलाई ३१ हजार घुसहित पक्राउ गरेको हो।

उनीहरूले वीरगन्ज महानगरपालिका वडा नं १३ स्थित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिएकाे अअिख्तयार प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

उनीहरूले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र वीरगन्ज र पर्सामा लेखापढीको बिचौलियाको रूपमा काम गर्दै आएका अनुसन्धान आयोगले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.