प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

रिपोर्ट नेपाल | 2019 Apr 25 | 06:56 pm 2785

काठमाडौं, वैशाख १२:  नेपाल सरकार, मन्त्रीपरिषद्ले २०७६ वैशाख १० गते गरेको निर्णय अनुसार रथी दर्जामा पदोन्नती भएका उपरथी गौरव तण्डुललाई बिहिबार जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

रथी दर्जामा पदोन्नती भएका तण्डुललाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.