मालपोत कार्यालय भैरहवाका कार्यालय सहयोगी घुससहित पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 25 | 03:42 pm 2458

रूपन्देही, वैशाख १२ :  मालपोत कार्यालय रूपन्देही भैरहवाका कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीलाई सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि उपलब्ध गराउने भन्दै उनले २० हजार घुस रकम लिएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.