काठमाडौं, वैशाख १२ : बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको बिहिबार बढेर प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, बुधबार तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने ७ सय २५ रुपैयाँमै कारोबार भइरहेको छ।