काठमाडौं, (एजेन्सी) श्रीलंकामा बिहिबार पनि फेरी बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार बम विस्फोट भएकाे हाे । बम विस्फोटबाट मानवीय क्षतीबारे भने केही विवरण प्राप्त नभएको प्रहरीले बताएको छ ।
गत आइतबार भएको श्रृङ्खलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या ३ सय ६० जना पुगेको छ ।
उक्त विस्फोटमा मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ । विस्फोटमा परी करिब ५ सय मानिस घाइते भएका छन् । उपचाररत घाइतेमध्ये केही व्यक्तिको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।