कांग्रेस नेता ताम्राकारको शव श्रद्धान्जलीका लागि केन्द्रीय कार्यालय सानेपामा

| 2019 Apr 24 | 12:18 pm 1627

काठमाडौं, वैशाख ११: नेपाली कांग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको पार्थिव शवलाई श्रद्धान्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ । ताम्राकारप्रति श्रद्धान्जली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले दिएका छन् ।

बुधबार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राख्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कांग्रेसले जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना व्यक्त गरेको थियो ।

दुई बर्षदेखि क्यान्सर रोगबाट पीडित नेता ताम्राकारको मंगलबार दिउँसो ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

बैठकले दिवंगत नेता ताम्राकारप्रति उच्च सम्मान प्रकट गर्दै बैशाख ११, १२ र १३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

यसैगरी आज केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.