काठमाडौं, वैशाख ११: बुधबार बिहान साढे छ बजे भुकम्प आएको छ । दुई पटकसम्म झड्का दिएपछि बिहान उठेर नित्य कर्म गर्न लागेका राजधानी बासीहरु भुकम्पको झड्का महसुस गरेपछि घर बाहिर निस्केका थिए ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका पूर्वप्रमुख सोमनाथ सापकोटाका अनुसार धादिङकाे नाैवीसे केन्द्रविन्दु भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिएका छन् । पहिलो झड्का गएको ठिक ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको भुकम्पमापन केन्द्रले जानकारी दिए । २०७२ सालमा छिमेकी जिल्ला गाेर्खालाई केन्द्रबिन्दु बनाएकाे थियाे ।